नियम २२
विवरण तथा प्रतिवेदन पेश गर्नु पर्ने
(१) आयोजना कार्यान्वयन गर्ने निकायले आयोजना सम्बन्धी आप्mनो प्रगति विवरण र प्रतिवेदन मासिक, चौमासिक तथा वार्षिक रुपमा कोष समक्ष पेश गर्नु पर्नेछ ।
(१क) आयोजना कार्यान्वयन गर्ने निकायले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रीतपूर्वक प्रमाणित गरिएको वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र र महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र सचिवालय समक्ष पेश गर्नु पर्नेछ ।
तर सरकारी निकाय बाहेकको संस्थाले लेखापरीक्षण सम्बन्धी त्यस्तो विवरण आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र सचिवालय समक्ष पेश गर्नु पर्नेछ ।
(१ख) आयोजना कार्यान्वयन गर्ने निकायले उपनियम (१) र (१क) मा उल्लिखित विवरण तथा प्रतिवेदनको अतिरिक्त आयोजनाको खरिद योजना र लेखापरीक्षण पश्चातको बेरुजु फस्र्यौट कार्ययाजना चौमासिक रुपमा सचिवालयमा पेश गर्नु पर्नेछ ।
(२) सचिवालयले कोषमा विभिन्न स्रोतबाट प्राप्त प्राविधिक, नगद तथा वस्तुगत सहायताको विवरण र त्यस्तो सहायताको खर्चको हिसाब समितिले निर्धारण गरेको ढाँचामा राखी प्रत्येक चार चार महिनामा सार्वजनिक गर्नु पर्नेछ ।